Tuesday, February 28, 2017

मेरो आधा मुटु म हु, आधा मुटु प्यारो नेपाल,


छिनमै खुशी बसाई सर्छ बिचरा यो जिन्दगानी ।
पारिजातको फुल झै झर्छ बिचरा यो जिन्दगानी ।।

त्यही घाटमा जोगि लडछ,मुर्दा लडाइन्छ ,
कोहि झर्छ कोहि चर्छ बिचरा यो जिन्दगानी ।।

मेरो आधा मुटु म हु, आधा मुटु प्यारो नेपाल,
भन्दै गर्दा DV पर्छ बिचरा यो जिन्दगानी ।।

कता लुकाइ जाने भट्टी टुपी `बसन्त´को ,
मित्र उता ल्याङ्ल्याङ गर्छ बिचरा यो जिन्दगानी ।।।

तिम्रो आँखा नसालु छन्,ओठ चटनि हुनसक्छ,
पिउछु आज जे जे पर्छ बिचरा यो जिन्दगानी ।।
बसन्त अनुरागीको गजल

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment