Thursday, March 30, 2017

कस्तो छ २०७४ साल ? यसो भन्छन् ज्योतिषी


– ज्योतिष पण्डित डा. सुनिल सिटौला

द्रिक सिद्धान्त गणित अनुसार काठमाडौंमा मंगलवार बिहान ७ बजेर ४१ मिनेटदेखी बुधबार बिहान ५ बजेर ३ मिनेटसम्म प्रतिपदा तिथी रह्यो। यहाँ प्रतिपदा तिथी क्षय भएको हुँदा प्रसिद्ध ग्रन्थ निर्णय सिन्धु अनुसार मंगलवार नै नवसंवत्सर आरम्भ भएको मान्नुपर्ने हुन्छ। सम्वत्सर गणित अनुसार २०७४ साल साधारण नामको सम्वत्सर रहने छ।

लौकिक ज्योतिष (Mundane Astrology) अनुसार २०७४ सालको शुभ अशुभ फल बताउदा  मंगलवार अर्थात चैत्र सुक्ल प्रतिपदाको वार स्वामिलाई वर्षको राजा (शासक) मान्ने प्रचलन छ। यस अर्थमा २०७४ सालको राजा (शासक) मंगल हुने भयो।

मंगल् अग्नी तत्व प्रधान एवम उग्र ग्रह मानिन्छ। साथ साथै विस्फोटक, साहसी, उर्जावान आदि गुण पनि मंगलमा रहन्छ। त्यसकारण यो साल आँधी बेहरी एवम भुस्खल बढी हुन सक्ने सम्भावना देखिन्छ। तर वर्ष लग्नमा मंगल आफ्नै घरमा स्थित छ। यसले राष्ट्रको इज्जत प्रतिष्ठा बढाउन सहयोग गर्ने नै देखिन्छ। राष्ट्रको पुर्वी भागमा केही आन्दोलन एवम विग्रह तथा दुर्भिक्ष भएता पनि दक्षिणमा धान्य र सुभिक्ष हुने नै देखिन्छ। त्यस्तै उत्तर तर्फबाट पनि राम्रै सहयोग र सद्भाव मिल्ने देखिन्छ। तर शासकहरुमा उद्वेग बढ्ने र देसको मध्य भागमा अतिविस्टीले जन धनको क्षति बढ्ने पनि सम्भावना देखिन्छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment