Thursday, March 30, 2017

खराब मौसमका कारण पोखराको उडान प्रभावित



पोखरा, १७ चैत– खराब मौसमका कारण पोखरा विमानस्थलको उडान सेवा प्रभावित भएको छ ।

मौसममा आएको परिवर्तनसँगै भिजिविलिटी पर्याप्त नहुँदा पोखराबाट हुने सबै उडान प्रभावित भएको विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए ।

खराब मौसमका कारण हिजोका केही उडान र आज बिहानका सबै उडान पनि प्रभावित भएको उनले बताए ।

हिजो पोखराबाट हुनुपर्ने बुद्ध एयरका छ वटा उडानमध्ये एक मात्र उडान भएको थियो भने यति एयरका आठ वटामध्ये तीन वटा उडान भएको थियो ।

त्यस्तै सिम्रिक एयरको हिजो हुनुपर्ने तीनमध्ये दुई वटा मात्र उडान भएको पौडेलले जानकारी दिए । आज पनि जोमसोमको लागि तय भएका सिम्रिक र तारा एयरका तीन÷तीन उडान हुन सकेको छैन ।

आज बिहान ११ः०० बजेसम्म पोखराबाट काठमाडौँका लागि हुनुपर्ने कुनै पनि उडान हुन नसक्नुका साथै दृष्यावलोकनका लागि उड्ने गरेको अल्ट्रालाइट सेवा र सराङकोटबाट हुने प्याराग्लाइडिङ समेत प्रभावित हुँदा पर्यटक समस्यामा परेका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment