Friday, March 31, 2017

यसरी हुन्छ मधुमेह चट फिलिपिनी डाक्टरले निकाले निको पार्ने उपाय भिडियो

एजेन्सी । मधुमेह निकै डरलाग्दो रोग हो । समयमै ध्यान नदिए यसले ज्यानसमेत लिन्छ । यो रोग बिस्तारै सबै उमेर समूहमा फैलिरहेको छ । यो रोगको सबैभन्दा नराम्रो पाटो के छ भने यसले जीवन रहुञ्जेल पिरोलिरहन्छ ।

जति रोग बढ्दै जान्छ यसले त्यती नै मृगौलामा र नशामा हानी पुर्याउँछ । यसका साथै यसले अंगभंग हुने र अन्धोपन निम्त्याउने पनि गर्दछ ।
अन्तर्राष्ट्रिय मधुमेह महासंघका अनुसार फिलिपिन्समा मधुमेह तीब्र रुपमा बढ्दो छ । रोगलाई जरैदेखि निर्मुल पार्न विभिन्न अनुसन्धान गरिएतापनि अहिलेसम्म यस विषयमा ठोस् नतिजा पाउन सकिएको छैन ।
यद्यपी डा. जाइमे डाइ–लियाक्को, मेटाबोलिक मेडिसिन डक्टर, ले मधुमेह निर्मुल पार्ने तरिका पत्ता लगाएको दाबी गरेका छन् । फिलिपिन्सका ८२ वर्षीय विशेषज्ञका अनुसार रगतमा चीनिको मात्र बढी भएको कारण मधुमेह लाग्ने नभई शरिरमा ६ प्रकारको मिनरल्सको कमी हुँदा मधुमेह लाग्ने हो । उनी भन्छन्, ‘यदि तपाईंको शरिरमा यी ६ प्रकारको मिनरल्स छन् भने तपाईंले चाहेको जस्तो खाना खान सक्नुहुन्छ ।’

द कलेक्टिभ इन्टेलिजेन्सका अनुसार उनको अनुसन्धानको आधारमा मधुमेहसँग लड्नका लागि उनले एक विशेष प्रकारको खाना तयार गरेका छन् ।

तपाईंलाई चाहिन्छ:
– १२ वटा रातो खुर्सानी
– २ वटा अण्डा
– १/२ चिया चम्चा सि सल्ट (sea salt)

बनाउने तरिकाः
रातो खुर्सानीलाई सानो टुक्रा बनाएर काँचो अण्डामा मिसाउनुहोस् । त्यसमा ‘सि सल्ट’ मिसाउनुहोस् र पिउनुहोस् ।

यसको सबैभन्दा राम्रो पक्ष यसलाई पाँच मिनेटमा नै बनाउन सकिन्छ ।

लेखिएको बिधि बुझ्न गाह्रो भए भिडियोमा पनि हेर्नसक्नुहुन्छ ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment