Saturday, March 25, 2017

बाबुरामको आरोप : एनसेलको कमिसनमा माओवादी केन्द्रले भोट किन्दै छ


नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र भ्रष्टाचारको दलदलमा फसेको दावी गर्नुभएको छ ।

हिमाल, पहाड, तराई-मधेस अभियान अन्तर्गत शनिबार बाँकेको कोहलपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका संयोजक डा. भट्टराईले एनसेलको अर्बौंको कमिशनमा नेकपा माओवादी केन्द्रले गाउँगाउँमा भोट खरिद गरिरहेको दावी गर्नुभयो । मुलुकलाई निर्वाचनमय बनाउन संविधान संशोधन आवश्यक भएको बताउदै उहाँले तीनवटै तहको निर्वाचन सँगसँगै गरिनुपर्ने माग गर्नुभयो ।  

डा. भट्टराईले  प्रमुख तीन राजनीतिक दलले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएर निर्वाचन गराउन खोजेका
कारण समस्या उत्पन्न भएको दावी गर्नुभयो । भट्टराईले संघीयताले मुलुकलाई झनै बलियो बनाउने भन्दै तराई–मधेसमा मधेस र थरुहट प्रदेश बनाउँदा कसैले आपत्ति गर्नुपर्ने बिषय नभएको बताउनुभयो ।

उहाँले पुराना पार्टीहरु भ्रष्टाचारमा डुबिसकेको बताउँदै उनीहरुबाट मुलुक समृद्ध हुन नसक्ने दावी गर्नुभयो । भट्टराईले नयाँ शक्ति नेपालसँग मुलुक समृद्धिका लागि स्पष्ट योजना रहेको दावी गर्नुभयो । विदेशबाट श्रमिकहरु आउने गरी नेपालमा रोजगारीका अवसर सिर्जना गर्न सकिने भन्दै उहाँले केही शक्तिहरु जातीय द्वन्द्व गराउने खेलमा अग्रसर भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नयाँ शक्ति पार्टीका केन्द्रीय नेताहरु हिसिला यमी, देवेन्द्र पौडेल, रामकुमार शर्मा, परसुराम खापुङ्ग, महेन्द्र पासवान, केशबहादुर दाहाल, दानबहादुर चौधरी लगायतले मन्तव्य राख्दै नयाँ संरचना अनुसार देश विकासको स्पष्ट खाका नयाँ शक्ति नेपालसँग मात्रै रहेको दावी गर्नुभयो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment