Saturday, March 25, 2017

बझाङमा भूकम्पको धक्का



बझाङ, चैत १२ – बझाङमा भूकम्पको धक्का महसुश गरिएको छ ।

शनिबार बेलुका ७ बजेर २० मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक तिर्थ दाहालले जानकारी दिनुभयो ।

बैशाख १२ र त्यसपछि लगातार रुपमा अाएका पराकम्पले गर्दा बेलुकाकाे खाना खान बसेका मानिसहरु भागाभाग गरेका थिए ।

गत बैशाख १२ पछि पराकम्प नभएर बझाङमै भूकम्पको धक्का महसुस गरिएको थियो । यसले पनि सर्वसाधरणलार्इ डर पैदा गरेका हो ।

केही सञ्चारमाध्यमहरुमा ठूलो भूकम्प अाउनुअगाडी साना भूकम्प अाउँछ भनेर सुनेका बासिन्दाहरु डरले त्रसित रहेका खबर प्राप्त भएकाे छ ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment