सिओल – दक्षिण कोरियाकी राष्ट्रपति पार्क ग्वेन हे अदालतद्वारा बर्खास्त हुने पहिलो निर्वाचित राष्ट्रपति बनेकी छिन् ।
आफ्नो साथी चोइ सुन सिलसँग मिलेर भ्रष्टाचार गरेको अरोपमा संसदले पार्कमाथि लगाएको महाभियोगको प्रस्तावलाई न्यायाधीसहरुले सर्वसम्मतले समर्थन गरेका हुन् ।
उनले अब राष्ट्रपतिको पद त्याग गर्नुपर्नेछ र आपराधिक मुद्दाको सामना गर्नुपर्नेछ ।
निर्णयपछि अदालतबाहिर पार्कका समर्थकहरुले नाराबाजी गरिरहेका छन् ।
दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार घटनामा दुईजनाको मृत्युसमेत भएको छ । जसमध्ये एक जना बृद्धको प्रहरी भ्यानबाट खसेर मृत्यु भएको छ । यसको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
लामो समयदेखि कोरियामा पार्कलाई हटाउन व्यापक प्रदर्शन हुँदै आइरहेको थियो । संसदले उनीमाथि महाभियोगको मुद्दा चलाउने निर्णय गरेपछि उनी गत डिसेम्बरदेखि निलम्बित थिइन् ।
उनको स्थानमा देशका प्रधानमन्त्रीले उनको पदीय जिम्मेवारी सम्हालिरहेका थिए ।
अदालतको निर्णयपछि कोरियामा अगामी मेसम्ममा नयाँ राष्ट्रपतिको चयन गरिनुपर्नेछ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment