पुनर्वास नगरपालिका–८ मा आज २६ वर्षीय गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु भएपछि सीमा क्षेत्रको तनाव कम गर्न नेपाल र भारतका अधिकारीबीच तीनबुँदे सहमति भएको छ ।
भारतको उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाका डिएम आकाश दीप र कञ्चनपुरका प्रजिअ मनोहरप्रसाद खनालबीच भएको छलफलमा सो सहमति भएको हो । तीनबुँदे सहमति भएसँगै सीमा क्षेत्रमा देखिएको तनावको अन्त्य भएको छ ।
विवादित सीमा क्षेत्रमा दुवै देशको संयुक्त सर्भे टोलीले रेखाङ्कन गरी सीमा विवाद हल गर्ने, एसएसबीले गोली प्रहार गरेर नेपालीको मृत्यु भएको देखिए छानबिन गरेर दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ति दिने र स्थानीयस्तरमा देखिने सीमा समस्या नेपाली सशस्त्र प्रहरी र एसएसबीले समन्वय गरेर हल गर्ने तथा माथिल्लो निकायमा विवादबारे समयमै जानकारी गराउने सहमति भएको प्रजिअ खनालले जानकारी दिनुभयो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment