Sunday, April 30, 2017

विनोद चौधरीको छोराको बिहेमा पुगे श्रीलंकन प्रधानमन्त्री र सलमान खान

एजेन्सी । सन् २०१६ मा ‘फोर्ब्स’ पत्रिकाको अर्बपतिको सूचीमा नेपालबाट सुचिकृत चर्चित व्यवसायी विनोद चौधरीको छोरा वरुण चौधरीको बिहे भारतमा धुमधामका साथ सम्पन्न भएको छ ।

भारतीय मिडियाका अनुसार बिबाह समारोहमा श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमसिंघे, राजस्थानका सामाजिक न्यायमन्त्री अरुण चतुर्वेदी र भारतीय सुपरस्टार सलमान खान र शत्रुघ्न सिन्हा समेत सहभागी भएका थिए

खानले विवाह समारोहमा एक घण्टा बिताएका थिए । उनले त्यहाँ बर बधुलाई शुभकामना दिएर फर्किएका हुन्
वरुणको विवाह बिहिबार भारत, जयपुरकी अनुश्री टोंग्यासँग सम्पन्न भएको हो ।

विवाह सम्पन्न गर्नका लागि भारतको बनारस, पुष्करलगायतका धार्मिक सहरहरुबाट ३५ जना पन्डितलाई बोलाइएको थियो भने मारवाडी संस्कारअनुसार सात फेरा लगाइएको थियो ।

विवाहका लागि सुरक्षासहितको ५०० ओटा कार र होटलका ७०० ओटा कोठा ‘बुक’ गरिएको जनाइएको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment