Friday, April 28, 2017

मोबाइलको अनलक पासवर्ड भुल्नुभयो ? नअात्तिनुस , यसो गर्नुस् !

स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राखेका हुन्छन्। कहिलेकाहीँ उनीहरु आफ्नो फोनको लक खोल्ने पासवर्ड बिर्सन पुग्छन् । यदि यसो भएमा धेरैलाई यो तनावको विषय बन्छ। लक सिस्टमकै कारण कति जनाले त मोबाइल नै परिवर्तन गर्दछन्। तर अब तपाईको मोबाइलको लक खोल्न हामी सजिला पाँच उपाय बताउँदैछौं ।

१. यदि तपाईँले मोबाइलमा लगाएको लकको पासवर्ड बिर्सिनु भयो भने मोबाइललाई केहीबेर स्विचअफ गर्नुस्।

२. त्यसपछि आफ्नो मोबाइलको भोल्युम बटम, होम स्क्रिन बटम र पावर बटम एकै पटक दबाउनुस्।

३. त्यसो गरेपछि तपाईँको मोबाइलमा पाँवटा अप्सन देखिनेछन् ।

रिबुट डाटा(reboot Data)
वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset)
इन्स्टल अपडेट(Install Update)
पावर डाउन (Power down) र, एड्भान्स अप्सन(Advance Options)

जसमा तपाईँले वाइप डाटा र फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गर्नुस्।

४. वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गरिसकेपछि तपाईँलाई अर्को अप्सन देखाउँछ।जसमा एस (Yes) सेलेक्ट गर्नुस्। तर त्यसो गर्दा तपाईँको फोनको तस्बिर, डाटा र कन्टेन्ट सबै डिलिट हुनसक्छ। यसो गर्नुअघि सोच्नु जरुरी छ ।

५. यी सबै ४ नम्बरको प्रक्रियामा आधारित हुनेछ। जसले केही समय लिन सक्छ। यसपछि भने तपाईँको स्विचअफ गरिएको स्मार्टफोनलाई रि-स्टार्ट गर्नुस्। त्यसपछि तपाईँको हातमा अनलक भइसकेको स्मार्टफोन हुनेछ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment