Friday, April 28, 2017

नेपालमा ८.६ रेक्टरको भूकम्प जाने बीबीसी रिपोर्ट, ५० हजारको ज्यान जानसक्ने

बैशाख १५, काठमाडौं । नेपालको तीन विभिन्न क्षेत्रको भविष्यमा ठूलो भूकम्प जाने परिकल्पना गर्दै सरकार नेतृत्वको एक अध्यनले भवन निर्माणको अवस्था अहिलेको जस्तो भए काठमाडौंमा ठूलो जनधनको क्षति हुने बताईएको छ ।

बिहिवार साँझ बीबीसी नेपाली सेवाले तयार पारेको रिपोर्टनुसार जापानी विज्ञसहितले गरेको अध्ययनले सन् २०१६ देखि सन् २०३० सम्ममा करिब ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने उल्लेख छ । बीबीसी रिपोर्टअनुसार झण्डै पौने तीन लाख घर ध्वस्त हुने बताइएको छ ।

विज्ञहरुलाई भूकम्पिय प्रवृतिको आधारमा चार खण्डमा विभाजन गरेका छन् महाकालीदेखि कालीगण्डकी र मस्र्याङदीदेखि सुनकोसी र मेचीसम्म । लामो समयदेखि भुकम्प नगएको र ०७२ सालमा गएको भूकम्पको पूर्ण सञ्चित शक्ति निकास नभएकाले ठूलो भूकम्प जाने खतरा भएको बताइएको हो ।

सदुरमध्येपश्चिम नेपाल, पश्चिम नेपाल र मध्ये नेपाल दक्षिण गरी तीन थरी सिनारियो भूकम्पको परिदृश्य विज्ञहरुले गरेका छन् । सदुरमध्येपश्चिम नेपालमा ८ दशमलव ६ रेक्टरको भूकम्प जाने बीबीसी रिपोर्टमा उल्लेख छ । यसलाई काठमाडौंलाई ठूलो असर भने नगर्ने उल्लेख छ । तर ७ दशमलव ८ रेक्टरको पश्चिम नेपाल र मध्ये नेपाल दक्षिण परिदृश्य भूकम्पले राजधानीमा धेरै क्षति हुने बताइएको छ ।

उक्त रिपोर्ट सुन्नका २० मिनेट ३५  मा क्लिक गर्नुपर्ने छ । यो रिपोर्टले नेपालीहरू सबै आतंकीत भएका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment