Sunday, April 30, 2017

सद्दाम हुसेनका यस्ता थिए अनौठा रुची

सद्दाम हुसेनका केही विशेष सोख थिए। जस्तो ठूला ठूला महल बनाउने, ठूला मस्जिदको निर्माणमा उनको रुची थियो। उनले यस्तै प्रकारको मस्जित मध्य बगदातमा बनाएका थिए। जसको नाम थियो ‘उम्म अल मारीक’।

मस्जित ‘मिनार स्कड’ मिसाइलको आकारमा थियो। यो त्यही मिसाइल हो जुन सद्दाम हुसेनले खाडी युद्धका दौरान इजराइलमा प्रहार गरेका थिए।

 ६०५ पृष्ठ लामो कुरान मानिसहरुलाई देखाउनको लागि सिसामा राखिएको छ। मस्जिदका मौलवीका अनुसार उक्त कुरान लेख्नको लागि सद्दामले ३ बर्ष सम्म आफ्नो २६ लिटर रगत दिएका थिए।
‘अपरेशन डेसर्ट स्टार्म’ जुन ४३ दिन सम्म चलेको थियो। यसैको सम्झना दिलाउने गरि मस्जिदको उचाई पनि ४३ मिटर बनाइएको थियो।

सद्दाम हुसेनको जीवनी लेख्ने काँन कफलिनका अनुसार सद्दामले बनाएको मस्जिदमा उनको रगतले लेखिएको एउटा कुरान राखिएको छ।

६०५ पृष्ठ लामो कुरान मानिसहरुलाई देखाउनको लागि सिसामा राखिएको छ। मस्जिदका मौलवीका अनुसार उक्त कुरान लेख्नको लागि सद्दामले ३ बर्ष सम्म आफ्नो २६ लिटर रगत दिएका थिए।

सद्दामबारे अर्को किताब 'सद्दाम हुसेन, द पोलिटिक्स अफ रिवेंज' लेख्ने सैद अबूरिशका अनुसार टिक्रिटमा हुर्केका कारण सद्दाम ठूला महल र मस्जिद बनाउनमा रुची राख्थे। बाल्यकालयमा उनको परिवारमा एक जोर जुत्ता किन्ने पैसाको समेत अभाव थियो।

सद्दाम जुन महलमा सुत्ने गर्थे त्यहाँ उनी केही घण्टा मात्र निदाउने गर्थे। उनी अक्सर बिहान ३ बजे उठेर पौडि खेल्थे।

इराक जस्तो देशमा पानीलाई धन र शक्तिको रुपमा लिने गरिन्छ। त्यसैले सद्दामको हरेक महलमा फूल र स्विमिङ पुल हुने गर्थ्यो। कफलिनका अनुसार सद्दाम स्लिप डिस्कका बिरामी थिए।

सद्दामबारे अर्को किताब लेख्ने अमाज़िया बरमका अनुसार सद्दामको शासनकालमा उनले आफ्ना दुश्मनलाई थेलियम विष प्रयोग गरेर मारेका थिए। सद्दामलाई आफुलाई पनि विष प्रयोग गरेर मार्छन् कि भन्ने डर थियो। हप्ताको दुई दिन बगदातको महलमा ताजा माछा, प्राउन, खसी र कुखुराको परिकारको विशेष भोज हुने गर्थ्यो। राष्ट्रपतिको महलमा खाने कुरा जानु अघि परमाणु वैज्ञानीकले विष वा रेडियसन छ या छैन भनेर जाँच गर्ने गर्थे।

 सद्दाम हरेक समय सुन्दर देखिन चाहन्थे। त्यसै कारण उनले परम्परागत जैतुनी रंगको सैनिक वर्दी लगाउन छोडेर सुट लगाउन थालेका थिए।
सद्दामका करिव २० वटा महल थिए। हरेक महलमा सद्दाम नहुँदा पनि ३ पटक खाना तयार हुने गर्थ्यो।

सद्दाम हरेक समय सुन्दर देखिन चाहन्थे। त्यसै कारण उनले परम्परागत जैतुनी रंगको सैनिक वर्दी लगाउन छोडेर सुट लगाउन थालेका थिए। संयुक्त राष्ट्र संघका तत्कालिन महासचिव कोफी अन्नानको सुझावमा उनले सुट लगाउन थालेको मानिन्छ। अन्नानले सुट लगाउँदा विश्व नेताको रुपमा छवी बन्ने सुझाव दिएका थिए।

सद्दामले मानिसहरुको अगाडी कहिल्यै चश्मा लगाएनन्। भाषण गर्ने समयमा उनको अगाडी ठूला अक्षरमा लेखिएका कागज हुन्थे। एउटा कागजमा मात्र दुई वा तीन लाइन लेखिएको हुन्थ्यो। जसले गर्दा विना चस्मानै उनले पढ्न सकुन्।

 सद्दामलाई बिबाहित महिलासँग सम्वन्ध गाँस्न मन पर्थ्यो र यसको व्यवस्था उनका अंगरक्षकले गर्ने गर्थे
सन् २००२ को सुरुवातमा सद्दामले मन्त्रिपरिषद बैठकको समयमा एक मन्त्रीले घडी हेरेको देखे। जब बैठक सकियो उनले ती मन्त्रीलाई पर्खन भने र सोधे, ‘के तपाईलाई हतार छ?’ जब ति मन्त्रीले भने, ‘हतार छैन।’ मन्त्रीले आफुलाई डाँटेर अपमान गरेको भन्दै उनी रिसाउँदै ति मन्त्रीलाई त्यही कोठामा दुई दिन सम्म थुन्न आदेश दिए। मन्त्रीको ज्यान त बाँच्यो तर पदबाट भने हात धुनु पर्‍यो।

सद्दाम दुश्मनका कारण भन्दा परिवारका कारण परेसान हुने गर्थे। त्यसमा पनि पत्नी साजिदाका कारण। १९८८ आसपास सद्दाम ठूलो पारिवारिक संकटबाट गुज्रन पुगे। त्यतिबेला उनको इराकी एयरवेजका महानिर्देशककी पत्नी समिरा शाहबन्दरसँग सम्वन्ध गाँसिएको थियो। समिरा सुन्दर महिला थिइन् तर बिवाहित थिइन्। सैद अबुरिसले लेखेका छन्, ‘सद्दामलाई बिबाहित महिलासँग सम्वन्ध गाँस्न मन पर्थ्यो र यसको व्यवस्था उनका अंगरक्षकले गर्ने गर्थे।’ यसै कारण उनी पारिवारिक समस्यामा परिरहन्थे

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment