Sunday, May 7, 2017

निर्मातासँग रात बिताएका यी ८ अभिनेत्रीहरु

बलिउडमा अभिनेत्रीहरुलाई ब्रेक पाउन र टिकिरहनको लागि धेरै नै सर्घष गर्नुपर्छ । सबै अभिनेत्रीहरुले बलिउडमा सफल हुन भन्दा पहिले धेरै नै कठिन यात्रा गर्नुपर्छ ।

 धेरैले बाहिरबाट हेरेरै यो सोच्ने गर्छन् कि बलिउडको अभिनेत्रीहरुको जिन्दगी धेरै नै विलासी रहेको छ र उनीहरुले सामान्य जनताले जस्तो मुश्किलको सामना गर्नु पर्दैन होला ।

तर, तपाई हाम्रो यस्तो सोच गलत हुन सक्छ किनभने यी सबै अभिनेता अभिनेत्रीहरुलाई बलिउडमा नाम र दाम कमाउनको लागि धेरै नै मेहनत गर्नुपर्छ ।

 यस्तोमा केही बलिउडका अभिनेत्रीहरुले सार्वजनिक रुपमै स्विकार गरेका छन् कि उनीहरुले फिल्ममा ब्रेक पाउनको लागि केही प्रसिद्ध निर्माता र निर्देशकहरुले सेक्स गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

कास्टिङ काउच भनिने यस्तो प्रचलन बलिउडमा अझै पनि रहेको तर, धेरैले यस्ता घटनालाई लुकाउने भएकाले यस्ता धेरै घटना बाहिर भने आँउदैनन् । हेरौं बलिउडका ती अभिनेत्रीहरुको सूची जो कास्टिङ काउचको शिकार भएका थिए।

९० को दशककी बोल्ड र फरासिली अभिनेत्री ममता कुलकर्णीले सार्वजनिक रुपमै प्रसिद्ध निर्देशक राजकुमार सन्तोषीलाई उनीमाथि गलत कार्यहरु गरेको आरोप लगाएपछि त्यसले बलिउडमा आँधी नै ल्याएको थियो ।

कल्कीले पनि खुल्ला रुपमै यो स्विकार गरेकी थिइन् किउनले पनि त्यस्ता परिस्थितीहरुको सामना गर्नुपर्यो तर त्यसको विरोध गर्नुको सट्टा उनले त्यसलाई अवसरको रुपमाउपयोग गरिन् ।

उनकाअनुसार कास्टिङ काउचको माध्यमले एकपटक बलिउड छिरेपछि भने उनले त्यस्तो काम छोडिन् ।

राष्ट्रिय अवार्ड जितिसकेकी यी चर्चित अभिनेत्रीले पनि यस्तो खुलासा गरेकी थिइन् कि उनी पनि कास्टिङ काउचको शिकार भएकी थिइन् ।

प्रिती जैनले पनि निर्देशक मधुर भण्डारकरलाई फिल्ममा रोल दिने बहानामा अनुचित फाइदा उठाएको आरोप लगाएकी थिइन् ।

यी अभिनेत्रीले बलिउडमा एकपटक हंगामा नै मच्चाएकी थिइन् जब उनले प्रसिद्ध निर्देशक दिवाकर बनर्जीलाई यौन दुव्र्यवहार गरेको आरोप लगाइन् । तर,बेनर्जी र उनका साथी अनुराग कश्यपले यी सबै आरोपहरु गलत रहेको भन्दै अस्विकार गरेका थिए ।

उनले पनि एक अन्तवार्तामा बलिउडमा प्रवेश पाउनको लागि कास्टिङ काउचको सहारा लिनुपरेको बताएकी थिइन् । उनले यो पनि भनेकी थिइन् कि बलिउडमा कास्टिङ काउच यथार्थ हो र यो निर्माता र अभिनेत्री बिचमा हुने गोप्य सम्झौता जस्तै हो जसको बारेमा कसैले पनि बाहिर कुरा खोल्दैनन् ।

बलिउडकी यी कामुक नायिकाले सार्वजनिक रुपमै यो स्विकार गरेकी छिन् कि उनले कैयौंपटक निमार्ताहरुसँग फिल्ममा रोल र पैसाको लागि रात बिताएकी थिइन् ।

पुर्व पोर्नस्टार तथा अहिलेकी बलिउडकी चर्चित नायिका सनी लियोनीले पनि हाल सालैको एक अन्तवार्तामा यो कुरा खोलेकी थिइन् कि उनलाई बलिउडका एक निमार्ताले एक एडल्ट फिल्म मालिने प्रस्ताव गरेका थिए जसमा निर्माता आफैले अभिनय गर्न चाहन्थे । तर, सनीले अस्विकार गरेपछि उनको सपना साकार हुन पाएनन् ।

ममता कुलकर्णी

कल्की कोचलिन
कंगना रनावतः
प्रिती जैन
पायल रोहतगीः
टिस्का चोपडा
शेर्लिन चोपडा
सनी लियोनी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment