Friday, May 19, 2017

भरतपुर महानगरपालिकाको मत परिणाम गोलमाल भएपछि…

भरतपुर, ५ जेठ । सम्पूर्ण नेपालीहरुको ध्यान खिचेको भरतपुरको मतपरिणाममा दलका प्रतिनिधिहरुले नै गोलमाल गरेको भेटेपछि कडाइ गरिएको छ ।

मत परिणामको तथ्यांक तलमाथि परेपछि गणनास्थलमा केही समस्या देखिएकोले अहिले छलफल चलिरहेको छ । दलका प्रतिनिधिहरुले आफूखुसी मतपरिणाम संचारमाध्यमलाई टिपाउन थालेपछि भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत बबीप्रसाद न्यौपानेले कडाइ गरेका छन् । यसअघि माओवादी उम्मेदवार रेणु दाहालले अग्रता लिएको कुरा बाहिर आएको थियो । तर, मतपरिणाम जोड्दै जाँदा एमालेकै देवी ज्ञवाली अगाडि देखिएका थिए ।


मतपरिणाम सार्वजनिक गर्दा तलमाथि हुन थालेपछि मुख्य निर्वाचन अधिकृत न्यौपानेले निकै ढिलो गरी जानकारी दिने गरेका छन् । दलका प्रतिनिधिहरुलाई पनि जथाभाबी खबर सार्वजनिक नगर्न ध्यानाकर्षण गराएका छन् । बरु ढिलो होस्, म आधिकारिक भएपछि मात्र सार्वजनिक गर्छु उनले दलका प्रतिनिधिहरुलाई भनेका छन् ।

भरतपुर महनगरपालिकामा एमालेका देवी ज्ञवालीको अग्रता कायमै छ । ज्ञवालीले १२३०६ मत पाएका छन् भने माओवादी केन्द्रकी दाहालले ११७७७ मत पाएकी छिन् ।

भरतपुरको मतपरिणामप्रति यतिबेला सबैको ध्यान खिचेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment