Saturday, May 6, 2017

गर्भनिरोधक औजार हातमा लिएरै जन्मियो बच्चा, फोटोे भाइरल बन्दै

काठमाण्डौँ। अमेरिकाको टेक्सास राज्यमा गर्भनिरोधक औजारसँगै एक बच्चाको जन्म भएको छ ।

लुसी हेलेइन नाम गरेकी एक महिलाले जब बच्चा नजन्माउने निर्णय लिइन् उनले गर्भनिरोधक औजारको प्रयोग गरेकि थिइन् । गर्भनिरोधक औजार प्रयोग गरेको चार महिनामा उनको गर्भ रह्यो । तर त्यो औजार उनको पाठेघरमै थियो ।

रोचक कुरा के भयो भने जब ९ महिना पुगेपछि बच्चा जन्मियो । बच्चा जन्मिँदा हातमा गर्भनिरोधक औजार पनि लिएर जन्मियो ।

 बच्चा जन्मिँदा हातमा गर्भनिरोधक औजार भेटेपछि लुसीले अचम्म मान्दै उक्त फोटो सामाजिक सञ्जालमा पोष्ट गरिन् । उक्त फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यो फोटोलाई अहिलेसम्म ७० हजारभन्दा बढीले शेयर गरिसकेका छन् ।

लुसीले अहिले भने यो पोष्ट डिलिट गरिसकेकी छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment