Friday, May 19, 2017

महानगरमा हार्न लागेको भन्दै कांग्रेस सभापतिको अकस्मात राजीनामा !


५ जेठ । काठमाडौं
मतगणनामा एमालेलाई टक्कर दिंदै आए पनि कांग्रेस सभापतिले राजीनामा दिएपछि अहिले उनी अहिले सर्वत्र चर्चाको पात्र बनेका छन् ।
कास्की जिल्लास्थित पोखरा लेखनाथ महानगर समितिका कांग्रेस सभापति बजिरमान श्रेष्ठले राजीनामा दिएका हुन् । विज्ञप्ती जारी गर्दै श्रेष्ठले निराशाजनक परिणाम आएको भन्दै राजीनामा दिएको उल्लेख गरेका छन्

अहिलेसम्म ३३ वडा रहेको पोखरामा १० वटाको मात्र नजिता आएको छ । तर, मतगणनामा कांग्रेसका उम्मेवदार रामजी कुँवर थोरै मतले पछि रहेका पनि सभापति श्रेष्ठले आफूले सोचेको जति मत नआएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपरेको बताएका छन् । नेताहरुको व्यक्तिवादी सोच र स्वार्थ, गैरजिम्मेवारीपना नेताहरुमा देखिंदा पार्टी मतगणनामा पछि परेको कारण उनले खुलाएका छन् ।

आफ्नो नेता कार्यकर्तालाई सहयोग गर्नुको सट्टा केही नेता कार्यकर्तामा उदासीनता रहँने र आत्मघाती व्यवहार देखाउँदा पनि कांग्रेस पछि परेको कारण उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् । कांग्रेसको यस्तो परिणामप्रति उनले जिल्लादेखि केन्द्रसम्मकै नेताहरुको ध्यानाकर्षण गराएका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment