Friday, May 19, 2017

काठमाडौंमा ३८ हजार मत गन्दा मेयरका झन्डै १० हजार मत बदर


काठमाडौं, जेठ ५ ।

काठमाडौं महानगरपालिका ३८ हजार मत गन्दा मेयर र उपमेयरका लागि झण्डै १० हजार मत बदर भएका छन्।

अहिलेसम्म मेयरका ३२९९ मत बदर भएका छन् भने उपमेयरका ६६०३ मत बदर भएका छन्।

बदर भएकामध्ये धेरै भोट उपमेयरमा एमालेलाई दिएका छन्। नेकपा एमालेले काठमाडौंमा उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठलाई समर्थन गरेको छ। तर मतदाताले उम्मेदवार नै नभएको एमालेको सूर्य चिन्हमा छाप लगाएका छन्।

त्यस्तै विवेकशील र साझा पार्टीको चुनाव चिन्ह र कांग्रेस र एमालेको चुनाव चिन्हमा भोट हालेका मेयरका भोट पनि बदर भएका छन्। मतदाताले मेयरका लागि कांग्रेस र एमालेका साथै साझा र विवेकशीललाई पनि भोट हाल्न खोज्दा एउटै पदमा दुई चिन्हमा छाप हानेका छन्।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment