Friday, May 19, 2017

दशैँटिका बहिष्कार गर्ने प्रचण्डलाई पूजाआजा गर्न यसरी बाध्य पारे विनोद चौधरीले !


काठमाडौं, ५ जेठ । आफूलाई कम्युनिष्ट मान्दै हिन्दूहरुको ठूलो चाँड दसैं र तिहार बहिष्कार गरेका प्रधानमन्त्री पुपष्कमल दाहाल प्रचण्डलाई उद्योगपति विनोद चौधरीले पूजा गर्न लगाएका छन् ।
शुक्रबार गृहजिल्ला चितवन हुँदै नवलपरासी पुगेका प्रधानमन्त्रीलाई उद्योगपति चौधरीले नवलपरासीको रजहरस्थित शाश्वतधाममा लगेर पूजाआजा गर्न लगाएका हुन् ।

ब्राह्मणका छोरा प्रचण्ड बहुसंख्यक हिन्दू धर्मालम्वीको महान चाँड दसैं र तिहार बहिष्कार गर्ने पहिलो प्रधानमन्त्री हुन् । यद्यपी उनले मुश्लिमहरुको पर्वमा कार्यक्रममै गएर मनाएका थिए । त्यतिबेला बहुसंख्यक हिन्दूको पर्व बहिष्कार र मुश्लिमको मन लगाएर मनाएको भन्दै खुबै आलोचना भएको थियो ।

तर, आफूलाई कम्युनिष्ट मान्दै हिन्दूहरुको पर्वमाथि तिरस्कार गर्ने प्रचण्डलाई उद्योगपति चौधरीले ‘साइज’मा ल्याएका हुन् । उनले आफ्नै लगानीमा नवलपरासीमा निर्माण गरेको दुम्कौलीस्थित शाश्वत धाममा प्रधानमन्त्रीलाई पूजाआजा गर्न लगाए । उक्त धाम चौधरी ग्रुपले निर्माण गरेको हो । पूजाआजापछि प्रधानमन्त्री दाहालले निजी क्षेत्रबाट भव्य धाम निर्माण गरिएकामा आफू प्रभावित भएको प्रतिक्रिया दिएका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment