Thursday, April 27, 2017

यी हुन् फेसबुक लाइभ गरेर आफ्नै छोरीको हत्या गर्ने नरपिशाच पिता (भिडियाेसहित)

हत्या गरिएकी छाेरी र अात्महत्या गरेका हत्यारा पीता
एजेन्सी । भनिन्छ बुबा कुनै पनि सन्तानका छाहारी हुन् । बुबाको छत्रछायाँमा कुनै पनि सन्तान हुर्कन्छ, बढ्छ र परिपक्व हुन्छ ।

तर संसारमा सबै पिता आदर्श छैनन् । कोही बुबाहरु पिताका नाममा राक्षस हुन्छन् । जब उनीहरुभित्र रहेको अपराधिक मानसिकता जाग्छ, तब उनीहरु बुबाबाट अपराधिका रुपमा पिताको स्थानबाट निकै तल झर्छन् र जन्माउँछन् एक डरलाग्दो आपराधिक घटना ।

त्यस्तै भएको छ थाइल्याण्डमा । थाइल्याण्डको फुकेटमा एक जना पिता राक्षस भएका छन् । उनले आफ्नो राक्षसी मानसिकतालाई अपराधमा परिणत मात्र गरेनन्, आफ्नो यस्तो क्रियाकलापलाई फेसबुकमार्फत दुनियाँभरमा लाइभ पनि गरे ।

नाम नखुलाइएको ती पिताले एक होटलबाट फेसबुक लाइभ गरेका थिए । उनले साथमा आफ्नी एघार वर्षिया छोरीलाई पनि देखाएका छन् । फेसबुक लाइभमा ती व्यक्तीले अवोध बालिकालाई होटलको छेउमा डोरीले झुण्ड्याएका छन् ।

४ मिनेट लामो उक्त भिडियोमा ती व्यक्तिले आफुलाई पनि छोरीलाई जस्तैगरी झुण्ड्याएका थिए ।
यो भिडियो सार्वजनिक भएपछि अहिले विश्वभर फेसबुकको आलोचना भइरहेको छ । यो घटनाप्रति फेसबुकका स्थापक मार्क जुकबर्गले यस्ता खालका गतिविधि फेसबुकमा हुन नहुने भन्दै यस सम्बन्धमा फेसबुकले धेरै काम गर्न बाँकी रहेको बताए ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment